नियम ७९
बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्ने
अधिकृत तहको पदहरूमा बढुवाको
कारबाही गर्दा यस परिच्छेदभित्र नपरेको विषयमा वा सोभित्र परेका विषय भए तापनि
नियमले यस्तो गर्ने भन्ने केही सङ्केत नगरेको विषयमा कुनै अप्रत्याशित कठीनाई आई
परेमा बढुवा समितिले ऐन र यस नियमावलीको उद्देश्य प्रतिकूल नहुने गरी आवश्यक
व्याख्या वा व्यवस्था गर्न सक्नेछ । त्यस्तो व्याख्या वा व्यवस्थालाई मार्गदर्शनको निमित्त
सम्बन्धित सबै निकायमा पठाउनु पर्नेछ ।